kumari
stcnepal

रास्वपाका नेता सहित दर्जनौ कार्यकर्ताहरू एमालेमा प्रवेश

दोलखा । दोलखाको शैलुङमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता जयराम बुढाथोकी सहित बिभिन्न पार्टी परित्याग गरी दर्जन युवाहरू आज नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।

एमाले शैलुङ गाउँ पालिकाको दोश्रो अधिबेशनमा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले युवाहरुलाई एमालेमा स्वागत गर्नुभयो । कार्यक्रममा डा. भट्टराईले देशको बलियो शक्ति एमालेलाई गलत आरोप लगाउँदै देशव्यापी रुपका कमजोर बनाउन गलत प्रचार गर्नेहरुको खुलेर प्रतिकार गर्नुपर्ने बताउनुभयो ।

एमालेले अहिलेकै गठबन्धन सरकारलाई निरन्तरता दिन चाहेको र केही शक्ति गलत आरोप लगाएर सरकार भत्काउने खेलमा लागेको उहाँले बताउनुभयो ।कार्यक्रमलाई एमाले पोलिट्ब्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय सदस्य रचना खड्का, बालकृष्ण शिवाकोटी लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

footer