kumari
stcnepal

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजिनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा ‘चुच्चे नक्सा’ समावेश गर्ने सरकारको निर्णयको विरोधमा बोलेपछि विवादमा परेका उनले पद छोडेका हुन् । राष्ट्रपति कार्यालयलले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

पूर्व गभर्नर समेत रहेका नेपालले चुच्चे नक्सा राख्ने निर्णयलाई असान्दर्भिक र अविवेकी भनेको थिए । उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो । गत बिहीबार नागरिक अगुवाहरुले संयुक्त वक्तव्य निकालेर सल्लाहकार नेपाललाई पदमुक्त गर्न माग गरेका थिए । त्यस्तै, शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकारजस्तो पदमा रहेको मान्छेले राष्ट्रियताविरुद्धको धारणा राखेको भन्दै आलोचना गरेका थिए ।

footer