kumari
stcnepal

प्रधानमन्त्री दाहाल र राष्ट्रपति बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा भएको भेटवार्ता भर्खरै सकिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले  जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक्ला एक्लै छलफल भएको हो । भेटमा संसद्को गतिरोधलगायतका समसामयिक राजनीतिबारे कुरा भएको बुझिएको छ । राष्ट्रपति पौडेलले जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले आइतबार नै नेपाली कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ । प्रचण्डले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई औपचारिक आग्रह गरेका छन् ।

footer