kumari
stcnepal

मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने

काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ । त्यसका लागि अहिले जनकपुरमा एमाले मधेस प्रदेश संसदीय दलको पदाधिकारी बैठक बसिरहेको छ ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले दलको पदाधिकारी बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए । ‘हामी अहिले दलको पदाधिकारी बैठक बसिरहेका छौ । बैठकबाट औपचारिक निर्णय गर्छौ’, यादवले  भने, ‘सरकारमा नबस्ने भएपछि समर्थन कायम राख्ने कुरा पनि हुँदैन ।’

यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्री छन् । एमाले र माओवादी दुवै सरकारबाट बाहिरिए मधेस प्रदेशमा जसपा नेपालको सरकार ढल्ने निश्चित छ ।

footer