kumari
stcnepal

कोशी प्रदेशमा राप्रपा तटस्थ बस्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । पार्टीको प्रदेश संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय लिएको हो ।

दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मतको पक्ष वा विपक्ष कतै पनि मत जाहेर नगर्ने बताए । मुख्यमन्त्री कार्कीले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । तर, ११ बजे बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन । त्यस्तै, राप्रपा दलको बैठकले प्रमुख सचेतकमा सविना बजगाईं र उपनेतामा प्रेमराज थाम्सुहालाई चयन गरेको छ ।

यसअघि अम्बरबहादुर विष्ट प्रमुख सचेतक थिए । उनी सभामुख भएपछि त्यो पद खाली थियो । यसअघि राप्रपा हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी थियो ।

 

footer