kumari
stcnepal

कांग्रेसको संसदीय दलको बैठक आज बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । तर सत्तारुढ तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसले भनेजस्तो संसदीय समिति गठन गर्ने कुरा असम्भव रहेको निष्कर्षमा पुगेपछि कांग्रेसले आजको बैठकबाट थप रणनीति तय गर्ने भएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने तयारीमा कांग्रेस रहेकाे छ ।

footer