kumari
stcnepal

सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका छन् ।

आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए ।

यस्तै, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यक र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उनले जनाए । कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुँदा प्राप्त गर्ने अवसर र प्रभावको विश्लेषण गरी सो अनुरूप रणनीति तथा कार्यक्रम बनाइने राष्ट्रपति पौडेलले बताए ।

footer