kumari
stcnepal

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले दिएन ‘धन्यवाद ज्ञापन’ गर्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि धन्यवाद ज्ञापनका लागि बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस सांसदहरू उभिएर बैठक अवरुद्ध गरेका थिए । दाहालले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने मात्र कार्यसूची रहेको बताउँदै धन्यवादको प्रस्ताव पारित गर्न दिन आग्रह गरे । तर कांग्रेस सांसदहरुले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग रहेको र त्यो माग पूरा नभएसम्म बैठक अगाडि बढाउन नदिने बताए ।

कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष दाहालले जेठ ३ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन पनि सहभागी थिए ।

footer