kumari
stcnepal

आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न सक्छ : गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद‌्‌मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्‍याएका छन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए ।

‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गाली गलौच नै चल्यो’, लामिछानेले सञ्चारकर्मीसँग भने, ‘लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो । त्यो अधिकार पनि हो ।’ उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए । ‘जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ । नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ’, लामिछानेको भनाइ छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने बताउँदै आएको छ ।

footer