kumari
stcnepal

एमाले संसदीय दलको बैठक आज १२ बजेका लागि बोलाईयो

एमाले संसदीय दलको बैठक साढे १२ बजे नयाँ बानेश्वरस्थित संसदकाे लोत्से हलमा बस्दै छ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसदको गतिरोध, नीति तथा कार्यक्रममाथि छलफलकाे तयारीलगायतका समसामयिक विषयमा छलफल हुनेछ।

सरकारले मंगलबार संघीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ। सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसकाे विराेधका कारण प्रधानमन्त्रीले टेबुल गर्न पाएनन्।

footer