kumari
stcnepal

नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ नेपालको राजनीतिका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन् ।

बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए । ‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ,’ ओलीले भने, ‘त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’

footer