kumari
stcnepal

सत्तापक्ष सँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले सदन अवरोधलाई जारी राख्ने

काठमाडौँ । सत्तापक्ष सँग कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको हो ।

बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्ता पक्षसँग छलफल गरेपनि संसदीय छानबिन समिति गठनको विषयमा सहमति नभएको महतले बताए । ‘उहाँहरूले फासपुसे समिति बनाउन खोज्नु भयो । हामीले त्यो मानेनौँ,’ उनले भने, गृहमन्त्री रवि लामिछाने माथि संसदीय समिति गठनमा सहमति नभए संसद् चल्न नदिने हामीले निष्कर्ष निकालेका हौँ ।’ प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ ।
footer