kumari
stcnepal

कांग्रेसका सभापति देउवाले विपक्षी दलको बैठक बोलाए

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । आज बिहान १०:३० बजेका लागि देउवाले बैठक बोलाएका हुन् ।

राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे विपक्षी दलहरूबिच छलफल हुने बताइएको छ ।

 

footer