kumari
stcnepal

खुल्ला प्रतिस्पर्धाबाट ६ जना सहसचिवको लागि सिफारिस

काठमाडौं । लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट ६ जना सहसचिवमा सिफारिस भएका छन् । जसमा प्रशासन सेवातर्फ चार जना, एक जना न्याय सेवाको कानून समूहतर्फ र एक जना लेखापरीक्षण सेवातर्फ सिफरिस भएका हुन् ।

प्रशासन सेवामा खुलातर्फ कृष्णाकुमारी श्रेष्ठ र कृष्ण पौडेल सिफारिस भएका छन् भने महिलातर्फ कविता रेग्मी र मधेशी श्रीराम ठाकुर सिफारिस भएका छन् । यस्तै नेपाल न्याय सेवा, कानून समूहतर्फ लिलाधर सुवेदी र नेपाल लेखापरीक्षण सेवातर्फ रामप्रकाश महतो सिफारिस भएका छन् । जेठ एक र दुई गते भएको अन्तरवार्तामा प्रशासनको खुलातर्फ दुई जनाका लागि चार जना, महिलातर्फ एक जनाका लागि चार जना, मधेशीतर्फ एक जनाका लागि तीन जना अन्तरवार्ता चरणसम्म पुगेका थिए ।

यस्तै न्याय सेवाको कानून समूहतर्फ तीन जना र लेखापरीक्षण सेवातर्फ एक जनाका लागि पाँच जना अन्तरवार्ता चरणसम्म पुगेका थिए ।

footer