kumari
stcnepal

सभामुख घिमिरेले आज दलका शीर्ष नेताहरू सँग छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई उनले आफ्नै निवासमा बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो  कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

footer