kumari
stcnepal

सहकारी छानबिन प्रकरणमा कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा कार्यदलस्तरको बैठक

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसेको छ ।

कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा केहीबेर अघि कार्यदलस्तरको बैठक सुरु भएको कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार गठित कार्यदलले समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउनेछ ।

कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो । जसमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् । यसैबिच सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग आज छलफल गर्ने भएका छन् । बिहान १०ः३० मा सुरु हुने यो छलफल सदन सञ्चालनबारे केन्द्रित हुने बताइएको छ ।

footer