kumari
stcnepal

राष्ट्रियसभाको १ः१५ को लागि तोकिएको बैठक ३ः१५ बजेका लागि सारियो

काठमाडौँ । राष्ट्रियसभाको बैठक समय सरेको छ ।

आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो । राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज १ः१५ को लागि तोकिएको बैठक ३ः१५ बजेका लागि सार्ने निर्णय गरेको हो ।

यसअघि प्रतिनिधिसभाको ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि सारिएको छ । सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेशमा सहमति जुट्न ढिलाइ हुँदा संसद् बैठक प्रभावित हुन गएको हो । कार्यदल स्तरमा कार्यादेशबारे सहमति जुटाउन नेताहरूबिच छलफल जारी छ ।

footer