kumari
stcnepal

फेरि प्रतिनिधि सभा बैठक स्थगित, साढे ४ बजे बस्ने

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर दलहरूबिच सहमतिको प्रयास जारी रहेका कारण फेरि स्थगित गरेर अपराह्न साढे ४ बजेको समय निर्धारण गरिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

यसैबिच अहिले सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूसँग छलफल गरिरहेका छन् । सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति जुट्न सकेको छैन । उनीहरूबिच सिंहदरबारमा दोस्रो चरणमा छलफल भइरहेको छ ।

footer