kumari
stcnepal

सुनको मूल्य आज घट्यो

काठमाडौं । सुनको भाउ ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।

सोमबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको कीर्तिमानी उचाई बनाएको थियो । तर, आज भने घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । योसँगै आजका लागि चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

footer