kumari
stcnepal

संसदीय छानबिन समिति गठनको माग गर्दैै कांग्रेसले नाराबाजीका साथ गर्‍यो संसद् अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै संसद् अवरुद्ध गरेको छ ।

आइतबार मध्यान्न १२ बजे बसेको प्रतिनिधि सभा बैठक कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो । बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो । नाराबाजीका बीच अर्थमन्त्रीले रोष्टममा बोलिरहेका छन् ।

footer