kumari
stcnepal

कोलकाता नाइट राइडर्सलाई तेस्रो पटक इन्डियन प्रिमियर लिगको उपाधि

चेन्नई । सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो । कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

footer