kumari
stcnepal

आज फेरी बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो । आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको छ ।

footer