kumari
stcnepal

चालु आव २०८०/८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त सदनमा आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित खर्च अनुमान बताएका हुन् । जसमध्ये चालुतर्फ १० खर्ब ६७ अर्ब ४९ करोड, पूँजीगत २ खर्ब १५ अर्ब ३० करोड, वित्तीय व्यवस्था २ खर्ब ४७ अर्ब ५५ करोड खर्च हुने संशोधित अनुमान रहेको उनले बताए ।

उक्त विनियोजनको स्रोतमा राजस्व १२ खर्ब ५३ अर्ब ५२ करोड, अनुदान ३४ अर्ब ३४ करोड, वाह्य ऋण १ खर्ब ४५ अर्ब ४४ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब हुने उनले बताए ।

footer