kumari
stcnepal

सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन

काठमाडौँ । सरकारले सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको मागपछि सरकारले अन्तिम आज समिति गठन गरेको हो ।

समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन् ।

यस्तै माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् । २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ । समितिको संयोजकमा एमालेका थापा रहने भएका छन् ।

footer