kumari
stcnepal

सहकारी प्रकरणमा कांग्रेसले हावादारी सम्झौता गर्यो : अध्यक्ष कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारीमा भएको रकमको अपचलनबारे छानबिन गर्न बनाएको संसदीय विशेष समितिलाई हावादारीको संज्ञा दिएका छन् ।

कांग्रेसले समितिको टीओआरमा उपप्रधान तथा गृहमन्त्रीको नाम लेख्नुपर्ने अडानबाट ब्याक भएपछि संसद अवरोधबाट भएको क्षतिप्रति कांग्रेसले जनतासँग माफी माग्नुपर्ने उनको भनाई छ । उनले फेसबुकमा लेखेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौँसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौँ व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’

यति सहमतिको लागि सरकार धेरै अघिदेखि नै तयार रहेको भन्दै कांग्रेससँग असन्तुष्टि जनाएका छन् ।

footer