kumari
stcnepal

चार वटा संसदीय समितिहरूको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १ बजे बस्दै छ । सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजै बिहान साढे १० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको पनि बैठक बस्दै छ । बैठकमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपायहरू तथा सगरमाथा क्षेत्रमा देखिएका समस्या,चुनौती र अवसरबारे छलफल हुनेछ ।

footer