kumari
stcnepal

माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास,  बूढानीलकण्ठमा भएको बैठक मा सहभागी भएका थिए । माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’

उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक भएको छ । यसको डिफेन्ड गर्नुस् र कार्यान्वयनमा जोड दिनुस् ।’ बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि बजेट सकारात्मक र सन्तुलित भएको बताएका थिए । सांसदहरूले भने आफ्नो निर्वाचन क्षेत्रका छुटेका कार्यक्रमबारे गुनासो गरेका थिए ।

footer