kumari
stcnepal

राष्ट्रिय परिचयपत्रका लागि ठाउँ तोकियो ,उपत्यका बाहिरकालाई नारायणहिटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता हुने भएको छ ।

यसअघि बाहिरी जिल्लाका नागरिकको समेत विवरण दर्ता हुँदै आएकोमा सेवाग्राहीको अत्यधिक चापपछि यस्तो निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ । योसँगै आजदेखि उपत्यका बाहिर स्थायी ठेगाना भएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको स्थानबाटै मात्रै परिचयपत्र विवरण दर्ता गर्नुपर्नेछ ।

जसअनुसार उपत्यका काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका जिल्ला सेवाग्राहीहरुले नारायणहिटी दरबार संग्रहालय परिसरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्नुपर्नेछ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका सेवाग्राहीहरुले विवरण भर्न सक्नेछन् ।विभागले परिचयपत्र लिन छुटेका सेवाग्राहीले पनि नारायणहिटी दरबार संग्रहालय परिसरबाट आफ्नो परिचयपत्र प्राप्त गर्न सक्ने जनाएको छ ।

footer