kumari
stcnepal

भारतमा लोकसभा : भाजपा नेतृत्वको एनडीए २३१ सिटमा अगाडि

नयाँ दिल्ली । भारतमा ५४३ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ।

अबको दुई घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनसक्छ । प्रारम्भिक रुझानमा, भाजपा नेतृत्वको एनडीए २३१ सिटमा अगाडि छ, कंग्रेस नेतृत्वको ईन्डिया १३९ सिटमा अगाडि छ। गत १६ मार्चमा, निर्वाचन आयोगले ७ चरणमा लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो। अप्रिल १९ बाट सुरु भएको मतदान जुन १ मा सकिएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो।

सन् १९५२ मा ४ महिना चुनाव चलेको थियो । जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ।

footer