kumari
stcnepal

एकीकृत समाजवादीले मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टीलाई समर्थन गर्ने

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टीलाई समर्थन गर्ने भएको छ। केन्द्रीय नेताहरु जसपालाई समर्थन गर्नुपर्ने पक्षमा रहे पनि अन्य प्रदेश सरकार र संघीय सरकारसहित एकमुष्ट डिल गर्नुपर्ने भएकाले जनमतलाई समर्थन गर्ने अनौपचारिक निर्णय भएको उपमहासचिव प्रकाश ज्वालाले बताए।

बुधबार बिहानसम्म प्याकेजमा सहमति हुने उनको भनाइ थियो। अध्यक्ष माधव नेपालसँग कुरा फाइनल गरेर मधेसका नेताहरु फर्किएका छन्। केही दिनअघि अध्यक्ष नेपाल कांग्रेस सहितको विपक्षी दलहरुको बैठकमा सहभागी भएपछि एकीकृत समाजवादीले मधेसमा एमाले–माओवादी–जनमतको गठबन्धनलाई समर्थन नगर्ने आँकलन गरिएको थियो। यद्यपि, प्याकेजमै सहमति गर्ने गरी मधेस सरकार गठनमा जनमतलाई सघाउन एकीकृत समाजवादी तयार भएको हो।

१०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक हुन्छ। एमाले–माओवादी–जनमतको नयाँ गठबन्धन सरकार बनाउन एकीकृत समाजवादी र लोसपामध्ये एक दलको समर्थन आवश्यक छ। एमाले र माओवादी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिएसँगै सरकार अल्पमतमा परेको थियो। मधेसमा जनमतको नेतृत्वमा नयाँ सरकार गठनका लागि तयारी भइरहेको छ।

footer