kumari
stcnepal

टी–२० विश्वकप : नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो ।

झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए । विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे । साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए ।

footer