kumari
stcnepal

स्वास्थ्य मन्त्रालय मातहतका केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा गरेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा यदुचन्द्र घिमिरेलाई जिम्मेवारी दिइएको छ । यस्तै, आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ । उनी यसभन्दा अगाडी सिंहदबार आयुर्वेद औषधालयको प्रमुखको जिम्मेवारीमा थिए ।

यसअघिका निर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो । भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ । भरतपुर अस्पतालमा यसअघि डा. श्रीराम तिवारी प्रमुख थिए ।

footer