kumari
stcnepal

एमाले सुनसरी जिल्ला अध्यक्ष खनालको निधन

नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । यही जेठको पहिलो साता एमाले जिल्ला अध्यक्ष निर्वाचित भएका खनालको बिहीबार बिहान मृत्यु भएको हो ।

उनी जेठ ७ गते सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए । लामो समयदेखि प्याक्रियाजसम्बन्धी समस्याबाट पीडित खनालको उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा बाटोमै मृत्यु भएको एमालेका नेता रवि खनालले जानकारी दिए ।

खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष थिए । भारत हैदराबाद जाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा मृत्यु भएको उनको भनाइ छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा भने अमेरिकामा छन् । उनको दाहासंस्कार छोरा आएपछि मात्रै हुने नेताहरूले बताएका छन् ।

footer