kumari
stcnepal

मधेश प्रदेशमा सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिए ।

मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ । संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनी सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् ।

आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ । सतिश सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुन् ।

footer