kumari
stcnepal

सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ संघीय संसद‍्बाट पारित

काठमाडौँ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०८१ संघीय संसद‍्बाट पारित भएको छ । यसअघि राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक बिहीबार प्रतिनिधि सभाबाट पारित भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदीय समितिबाट पारित भएर आएको विधेयकको प्रतिवेदन संसदमा प्रस्तुत गरेकी थिइन् ।

सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेस गर्दा सांसद प्रेम सुवाल बाहेक अरू बहुमत सांसदले पारितका लागि स्वीकृति जनाएका थिए । २०७७ सालमा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक ४ वर्ष लगाएर संसदबाट पास भएको हो । यो विधेयकमा राहदानी, बैंक नोट, हुलाक टिकट, स्टीकर लगायत सुरक्षण मुद्रण प्रकाशन सम्बन्धी विभिन्न कानुनी व्यवस्था गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार सम्मका लागि स्थगित गरिएको छ ।

 

footer