kumari
stcnepal

आजका लागि तय गरेको पत्रकार महासंघको चुनाव सर्‍यो

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ ।

२७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन ।

साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन पोखरेलले आग्रह गरेका छन् ।

footer