kumari
stcnepal

टी-२० विश्वकप : वेष्टइन्डिजको लगातार दोस्रो जित

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ । प्रोविडेन्समा आज बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई सस्तैमा समेट्दै १३४ रनले पराजित गरेको हो ।

वेष्टइन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा मात्र ३९ रन बनाएर अलआउट भयो । युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाउनु बाहेक अन्य कसैले पनि दोहोरो अंक जोड्ने मौका नै पाएनन् ।

युगान्डालाई सस्तैमा समेट्ने क्रममा वेष्टइन्डिजका अकिल हुसैनले एक्लै ५ विकेट लिए । यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।

footer