kumari
stcnepal

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् ।

पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।

यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् ।

footer