kumari
stcnepal

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका छन् ।

मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ काठमाडौँ आइपुगेका हुन् । भारतका प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार त्यहाँ गएका थिए । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । यस्तै उनले आफ्ना समकक्षी मोदीसँग पनि भेटवार्ता गरेका थिए । यस्तै प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायीसँग नेपालमा लगानी ग्रह आग्रह गरेका छन् ।

footer