kumari
stcnepal

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागिएको राष्ट्रियसभाका अध्यक्ष एवं परिषद्का सदस्य नारायण दाहालले जानकारी दिए । संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिको सम्बन्धमा बैठक बस्न लागेको दाहालले जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहेका छन् ।

footer