kumari
stcnepal

टी-२० विश्वकप : नेपाललाई १०७ रनको लक्ष्य

अमेरिका । बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो ।

नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे ।

दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । र विकेट गुमायो ।दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।

footer