kumari
stcnepal

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।

आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको परिषदकी सदस्य उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् । सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी नारिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए । उनी निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोक र सविधान निगरानी समूहमा पनि सक्रिय थिए । उनी एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल) मा पनि आवद्ध छन् । उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानमा पनि आवद्ध छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहने परिषदमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उपसभामुख राना सदस्य छन् ।

footer