kumari
stcnepal

राष्ट्रिय सभाको बैठक आज पनि बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दै छ ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

सचिवालयले जारी गरेको कार्यसूची अनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
footer