kumari
stcnepal

आफूले सम्बोधन गर्ने दिन संसद्‌मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै प्रधानमन्त्री दाहाल असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सम्बोधन गर्ने दिन संसद्‌मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको अवसरमा प्रधानमन्त्रीले असन्तुष्टि प्रकट गरेका हुन् ।

प्रचण्डले भने– ‘सबै माननीय सदस्यहरुकाे ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक काम बाहेक सबै मन्त्रीहरू उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सबैभन्दा कम बजेट विनियोजन भएको योजना स्थानीय तहबाट र त्यो भन्दा योजना प्रदेश तहबाट कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए । ३ करोड भन्दा कम बजेट प्रदेश र स्थानीय तह मार्फत कार्यान्वयन गर्ने बताए ।

footer