kumari
stcnepal

कोशी प्रदेशको बजेट बहुमतले पारित

विराटनगर । कोशी प्रदेशको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री रामबहादुर मगरले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । ४ असारबाट बजेटमाथि सुरु भएको छलफल चार दिनलपछि बहुमतले पारित गरेको हो । कोशी सरकार गठनविरुद्धको मुद्दा सर्वाेच्च अदालतमा परेको रिटमा आइतबारबाट निरन्तर सुनुवाइ हुँदैछ । त्यसैले शनिबार नै हतारमा बजेट पारित गरिएको हो ।

 

 

footer