kumari
stcnepal

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार हात पारे।

फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए। फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुस्कार पाए। त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल घोषित भए। उनले स्कुटर पुरस्कार पाए।

footer