kumari
stcnepal

सरकारको निमित्त मुख्य सचिव लीलादेवी गड्तौला

नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल भ्रष्टाचारी भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ । आइतबार मुख्यसचिव डा. अर्याल विरुद्ध मुद्धा दायरसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।

मुख्य सचिव डा. अर्याल निलम्बनमा परेपछि वरिष्ठतम् सचिव लीलादेवी गड्तौला निमित्त सचिव भएकी छन् । नेपाल सरकारका सचिवहरुमध्ये गड्तौला सबैभन्दा सिनियर हुन् । अख्तियारले मुख्यसचिव डा. अर्यालसमेत १२ जना विरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्धा दायर गरेको हो । अर्थात् मुख्यसचिवसहितको टिमले उक्त रकमबराबर भ्रष्टाचार गरेर देशलाई आर्थिक हानी पुर्‍याएका हुन् ।

आयोगले टेरामेक्स र अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको मागदाबी सहित मुद्धा दायर गरेको हो । आयोगले अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यसमेतलाई भ्रष्टचारी आरोप लगाएको छ । देशका मुख्यसचिवविरुद्ध बहालमा रहेकै अवस्थामा भ्रष्टाचार मुद्धा परेको यो नै पहिलो हो ।

footer