kumari
stcnepal

पूर्वडिएसपीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ ।

पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । पूर्वडीएसपी शर्माले ६० किलो सुन तस्करीको अवैध भुक्तानी आरोपमा पक्राउ परेका मोबाइल वालेटका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख ठगी गरेका थिए ।

सुनको अवैध कारोबार तथा भुक्तानीमा जोडिएपछि पक्राउ परेका पेवेलका कर्मचारीलाई छुटाइदिन्छु भन्दै साढे ८ लाख लिएर ठगी गरेको खुलेको सीआईबीका प्रवक्ता होबिन्द्र बागेटी बताउँछन् । उक्त रकम उनले पेवेलमार्फत नै आफ्ना एजेन्ट खत्रीमार्फत भुक्तानी लिएको पाइएपछि खत्रीलाई पनि पक्राउ गरिएको हो । सीआईबीका प्रहरीहरुका फोटा देखाउँदै सबैसँग राम्रो चिनजान भएको र आफूले भनेपछि काम हुने भन्दै विश्वास दिलाएर ठगी गरेको पाइएको छ ।

footer