kumari
stcnepal

नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।

सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार कल कन्ट्रोल सस्टमको हार्डवेयरमा समस्या आएकाले साढे ४ बजेपछि करिब १५ मिनेट सेवा प्रभावित भएको हो । ‘अहिले हामीले समस्या समाधान गरेर सेवा सञ्चालनमा ल्याइसकेका छौं,’ उनले भने,केहीबेर केन्द्रीय प्रणालीमा समस्या आउँदा सेवा प्रभावित बनेको हो ।’नेपाल टेलिकमको सेवामा पटक-पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । टेलिकमको पुरानो बिलिङसहितका प्रणालीहरु चुस्त रुपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।

 

footer