kumari
stcnepal

तत्कालीन ओली सरकारले राष्ट्रियताको पक्षमा सर्वोत्कृष्ट काम गरेको थियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको राष्ट्रियता र सहमति जुटाउने सवालमा उत्कृष्ट काम गरको तथ्य राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो तथ्य राख्नुभएको हो । प्रधानमन्त्री दाहालले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिनुभएको हो । ‘नेपाल सरकार नेपाल–भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको पनि बताउनु भयो । उाँले नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभुतपूर्व राष्ट्रय सहमति कायम रहेको पनि प्रधानमन्त्री दाहालले बताउनु भयो ।‘नेपालको अन्तराष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरु, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौं । यस विषयमा हाम्रो अभुतपूर्व राष्ट्रय सहमति कायम भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो यो कुराको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको प्रधानमन्त्री दाहालले प्रष्ट पार्नुभयो ।

तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री दाहलले नेपाल–भारतका दुई पक्षीय संयुक्त क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको जानकारी पनि दिनुभयो ।

footer